नेपाली सेनाले गर्यो ३५ जनाको उद्धार

नेपाली सेनाले सिन्धुलीको कुशेश्वर महादेव मन्दिरमा फसिरहेका गुरुकुलका शिक्षक विद्यार्थीसहित ३५ जनाको उद्धार गरेको छ । सिन्धुली प्रहरी प्रमुख गोविन्दराज काफ्लेले प्रदेशखबरलाई जानकारी दिए । उनीहरुलाई गजुलीदहमा सुरक्षित रुपमा राखएिको छ । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका १ आदिलिंग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुललाई सुनकोशी र रोशीखोलाले घेरेको थियो ।