स्थानीय तह कर्मचारी संघ सिन्धुलीका अध्यक्ष मुकेश तामाङले एक अपील जारीगर्दै विपतमा परेका नागरिकहरुको सेवामा जुटन अपील गर्नुभएको छ । अध्यक्ष तामाङले हामी स्थानीय तहका कर्मचारी साथीहरुले सार्वजनिक बिदा, कार्यालय समय ख्याल नगरी कार्यालय प्रमुखको समन्वयमा विपतमा परेका नागरिकहरुको सेवामा गर्नुपर्ने कार्यमा खट्न र अजिकरण गरिदिन सबै कर्मचारीहरुमा आग्रह गर्नुभएको छ ।