नेकपा एमाले सिन्धुलीका इन्चार्ज मनोजजंग थापाले अहिलेको बिपत्तिको सबैक्षेत्रबाट सामना गर्न अपील गर्नुभएको छ । प्रदेशखबरसँगको कुराकानीमा थापाले उक्त कुरा बताउनु भएको हो । ुअबिरल वर्षाले सिन्धुलीसहित देशको धेरै भूभागमा उत्पन्न असहज परिस्थिलाई धैर्यतापूवर्क सामना गर्न आग्रहगर्दै एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका नेता थापाले भन्नुभयोः अहिलेको संकटपूर्ण अबस्थामा आरोप प्रत्यारोप होइन, सकेको मानवीय सहयोग, उद्धार र राहत कार्यमा सबैले सहयोग गरौं ।
उहाँले सम्पूर्ण सिन्धुलीवासीलाई उद्धार, राहत कार्यमा लाग्नसमेत अपील गर्नुभएको हो ।