हुलाकको हाकिमलाई हैरान !

सिन्धुली: जिल्ला हुलाक कार्यालय सिन्धुलीका कार्यालय प्रमुख कुमार थापालाई आफूले बोलेको कुरा कार्यान्वयन गर्न नसक्दा हैरान हुन थालेको छ ।
कार्यालयमा जागिर खोसिएका तीन दर्जन भन्दा बढी कर्मचारीलाई लिखित परिक्षा मार्फत पुःन भर्नागर्ने भन्दै आएका उनले राजनैतिक दबाबमा ८ कक्षा पढेका र लेख्नसमेत अक्षम र अयोग्य कर्मचारीहरुलाई नियुक्ती दिएका थिए । नेताकै दबाबमा अयोग्यलाई राम्रो ठाउँमा र योग्यलाई अपायक ठाउँमा खटाएका थिए ।
नेताको दबाबमा कार्यालय प्रमुख थापाले अक्षमलाई काखी च्यापेपछि समक्ष एबम् पुराना कर्मचारीहरु अहिले निराश बनेकाछन् । कम्प्युटरमा दक्ष र सक्षमलाई मात्रै लिखित परिक्षा मार्फत नियुक्ती लिने बताएका थापाले पछिल्लो समय दबाब र प्रभावमा परेर २ दर्जन बढीलाई परिक्षणमा भन्दै नियुक्ती दिइसकेका छन् । जेष्ठताका आधारमा कार्यक्षेत्र रोज्ने बताएका उनले आफ्ना आसेपासेलाई मात्रै सजिलो ठाउँमा राखेपछि अहिले उनीमाथी दबाब बढ्न थालेको छ । सो दबाबका कारण कार्यालय प्रमुख थापाले आफूलाई हैरानी हुन थालेको कार्यालयका तल्लो तहका कर्मचारीलाई बताउन थालेका छन् ।
गत साता मात्रै उनले निमित्त सहायक प्रमुख जिल्ला अधिकारीलाई आफूले नियुक्त गरेकाहरु विधिसम्मत भएको दाबीगर्दे बिबरण बुझाएका थिए । तर उनले कामै गर्न नसक्ने अक्षमहरुलाई नियुक्ती गरेको बारे प्रजिअलाई ढाँटेका थिए ।-यो समाचार सन्देश जनप्रियले प्रकाशन गरेको छ ।