निकै ठूलो रस्साकस्सीपछि अन्तत क्रान्तिकारीको अध्यक्ष बने राना

सिन्धुली: निकै ठूलो रस्साकस्सीपछि अन्तत माओवादी केन्द्र सम्बद्ध अखलि (क्रान्तिकारी) सिन्धुलीको अध्यक्षमा सुमन राना चयन भएका छन् । बुधबार पार्टी कार्यालयमा विद्यार्थी प्रतिनिधीहरुले रानालाई सर्वसम्मत रुपमा अध्यक्षमा घोषणा गरेका हुन् ।
उपाध्यक्षमा भरत सिंजाली, रमाना सापकोटा, शंकलाल वम्जन चयन हुनु भएको छ । सचविमा पुष्कर थापा मगर, सह-सचविमा सवनि चौलागाई, कृष्ण मगर, रोजनिा न्यौपाने र कोषाध्यक्षमा डोर वहादुर बराल निर्वाचित भएका छन्।
अखिल क्रान्तिकारीको २१ औं जिल्ला सम्मेलन भदौ १९ गते केन्द्रीय उपाध्यक्ष तुकमान महरा उद्घाटन गरेका थिए । अध्यक्ष मण्डलले नयाँ नेतृत्व सर्वसम्मत चयन गर्न नसकेपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो ।
सात पालिका कमिटीले रानालाई सर्वसम्मत अध्यक्ष बनाउने निणर्य गरेपछि त्यसलाई रोक्न तत्कालिन जिल्ला इन्चार्ज र हालका केन्द्रीय सदस्य राजन दाहाल असहमत बनेका थिए । असहमतीका बीच राना अध्यक्ष बनेका हुन् । राना माओवादी सिन्धुलीको संस्थापन पक्षका उमेदवार थिए भने इतर पक्षमा धनबहादुर श्रेष्ठ ‘सुवास उभिएका थिए ।