सिन्धुलीः नेपाल बिद्युत प्राधिकरण सिन्धुली स्टेसनको बिद्युत सेवामा अनियमितता बढेर नागरिकले हैरानी व्यहोरेपछि नेकपा एमाले सिन्धुलीको टोलीले भेट गरी चासो दिएको छ ।
एमाले जिल्ला उपाध्यक्ष कणर् घिसिङको नेतृत्वमा गएको टोलीले कार्यालय प्रमुख शिशिर लम्साल र प्राबिधिक लाल बहादुर लामालाई भेटगरी विद्युत आपुर्तीलाई नियमति गर्न सुझाब दिएको छ ।
बिद्युत कार्यालयसँग जनताको ब्यापक गुनासो बढेपछि समस्या समाधानका लागी नीतिगत तहमा गर्न पर्ने प्रयत्न र कार्यालयले गर्ने कामका सन्दर्भमा बृहत छलफल भएको सहभागी उपसचिव दिपेश बरालले जानकारी दिए ।
३३ केभिए राइट अफ वे मा ३ मिटर मात्रै रहेको र त्यसबाट रुखका हागाबिगाको सबैभन्दा बढी समस्या भएको कार्यालयले बताएको थियो । विद्युत आपूर्तिलाई सहज बनाउन बन र बिद्युत सँग सम्बन्धित कानुनका केही प्रावधान परिमार्जनका लागि पहल गर्न सुझाएका थिए ।
बर्दिबास देखि सिन्धुली सम्म ४० किमि , खुर्कोट ४० किमी , चकमके ४० किमि, कपिलाकोट, घण्टे , फिक्कल जस्ता स्थानमा अत्याधिक समस्या देखिएको कार्यालयले जनाएको थियो ।
सुनकोशी मरिण ड्राइभर्सन आयोजनाको निर्माण सम्पन्न पश्चात् समस्या समाधान हुने हुँदा अहिले यो आयोजना छिटो सम्पन्न गर्न सबै क्षेत्रबाट प्रयत्न गर्न कार्यालय प्रमुख लम्सालले एमाले नेतृत्वलाई सुझाएका थिए ।
बजार क्षेत्रमा अलग लाईन बनाउने, गाउँ गाउँमा ट्रान्समिटर र मेन लाईन बिस्तारको योजना अगाडि बढाइएको, भोल्टेज कम हुने रातमाटा प्लानिङ क्षेत्रको समस्या समाधानका लागि ठाँउ ठाउँमा ट्रान्सर्फमर नैं उपयुक्त बिकल्प रहेकाले कार्यालयले तुरुन्तै काम थाल्न एमाले प्रतिनिधी मण्डलले सुझाएको थियो ।
सो प्रतिनिधी मण्डलमा एमाले सिन्धुलीका सचिव नवराज थिङ, उपसचिव बराल, जिल्ला नेता हरि अधिकारी कृष्णहरी घिमिरेलगायतको संलग्नता थियो ।