सिन्धुली: राष्ट्रिय दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा पत्रकार बुद्ध नेपाली चयन भएका छन् । आज सिन्धुलीमाढीमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले नेपालीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । संघको उपाध्यक्ष सुनिता विश्वकर्मा, सचिवमा गंगा विशुन्के, सह-सचिवमा आस्था विश्वकर्मा र कोषाध्यक्षमा विशाल संतशकर चयन गरिएको छ । जसको सदस्यहरूमा देवीका विश्वकर्मा र ग्रिस्मा दियाली रहेका छन ।
त्यस्तै अधिवेशनले संघका निवर्तमान अध्यक्ष बलबहादुर नेपाली (राजन), बुद्ध कुमार आछामी, बविता परियार र प्रतिमा विसीलाई केन्द्रीय पार्षद र बलबहादुर विश्वकर्मा, राज दियाली, सन्देश भित्रीकोटी, विनु विक, सिता रम्तेल र मनोज भित्रीकोटीलाई प्रदेश पार्षदमा चयन गरेको छ । अधिवेशन केन्द्रीय सदस्य राजन गाउँलेको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष बलबहादुर नेपाली (राजन) को अध्यक्षतामा सम्पन्न भएको थियो ।