नतिजामुखी कार्यकालागि मन्त्री तामाङ र प्रदेश सचिव बिच करार सम्झौता

हेटौंडा: बागमती प्रदेश उद्योग, वणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले मन्त्रालयका प्रदेश सचिव राजेन्द्र कुमार केसीसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । प्रदेश सरकारको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन प्रभावकारी रूपमा सम्पादन गर्न बुधवार प्रदेश मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच मन्त्री तामाङले सचिव केसीसगँ सम्झौता गर्नु भएको छ ।

मन्त्रालयले तयार पारेको सम्झौतापत्रमा हस्ताक्षर पछि मन्त्री तामाङले कार्यसम्पादन सम्झौताको नयाँ प्रणालीले असल परिणाम ल्याउने विश्वास व्यक्त गर्नु भयो । यस मन्त्रालयले थालनी गरेको कार्यसम्पादन सम्झौता कार्यान्वयनमा आएर नतिजा देखिएपछि सबैलाई खुसी नै लाग्ने बताउँदै मन्त्री तामाङले भन्नु भयो – सरकार त्यो दिशामा अघि बढिरहेकोले परिणाम प्राप्त गर्न गरी काम गर्न आवश्यक रहेको छ ।

चालु आर्थिक वर्षमा मन्त्रालयले मन्त्री ज्यूसगँ करार सम्झौताको काम सकेपनि मन्त्रालयको नियमीत काम भने अव सूरु भएको भन्दै मन्त्रालयका सचिव केसीले भन्नुभयो – ‘यो सम्झौता आफैमा दस्ताबेज हो’, ‘प्रत्येक महिना माननीय मन्त्रीज्यूसँग बसेर यसको समीक्षा गर्नेछौँ ।’ बागमती प्रदेशको मुख्य मन्त्री बहादुर सिहं लामाले भाद्र ५ गते नै प्रदेशका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरिसक्नु भएको छ ।– रविन्द्र भट्टराई