सिन्धुली: पछिल्लो समय अपराधका शैलीहरू फेरिए । सुन्नै नसकिने घटनाहरू हुन थाले । सुन्ने र देख्नेकै भक्कानो छुटाइदिन्छ भने भोग्नेहरूको हालत के होला ? सोच्नसम्म मात्रै सकिन्छ ।
बौद्ध धर्मसँग जोडिएको पवित्र मालासमेत अपराधको सिकार बन्यो, अर्थात सिन्धुलीको फिक्कल गाउँपालिका १ मा रहेको बोधीचित्त लुट र कारोवारमा सिन्धुलीका जनप्रतिनिधीदेखी दलहरुकै भातृ संगठन सम्बद्ध नेताहरुको संलग्नताले फेरी एक पटक सिंगो देशकै ध्यान तानिरहेको छ ।
मानिस यति क्रूर हुन थाले कि दन्त्य कथाहरूका पात्र राक्षसभन्दा कठोर र निर्दयी । किनकि बोधिचित्तको बोटबाट योजनाबद्ध रुपमा दानाहरु लुटियो र सो लुटपाटमा सहयोगी बनेका जनप्रतिनिधी, सांसद र भातृ संगठन सम्बद्ध युवा नेताहरुको संलग्नताको तथ्यले सिन्धुलीका राजनैतिक दलका नेतालाई कति फाइदा भयो ? रुख धनी वडाध्यक्ष र फिक्कल गाउँपालिकाको कमाई कति भयो ? । करोडौंमा बिक्री हुने बोधिचित्तको किनबेच, संझौता र दोस्रो व्यपारीलाई संझौता गराउन संलग्नहरुको पछिल्लो सक्रियताले घटना नेपाली लोकप्रिय उखानः ‘लहरो तान्दा पहरो गर्जंदैं’ भनेझैं एकपछि अर्कोगर्दे तथ्यहरु खुल्न थालेका छन् ।
फिक्कल गाउँपालिका १ का वडाध्यक्षसमेत रहेका होमवहादुर सुनुवारको बारीमा बुद्धचित्तका साना ठूला गरि करिब १५ वटा रुख छन् । सबै हरिया देखिन्छन् । यिनीहरु मध्ये २ वटा बोटमा लटरम्म बोधिचित्तका दाना फलेको देखिन्छ । साउनको अन्त्यतिर टिप्नु पर्ने बोट वडाध्यक्ष सुनुवारको द्रब्य मोह र राजनैतिक आबरणमा बसेका बिचौलियाहरुको खेलोफड्कोका कारणले लाखौं लगानी गरेको समूहलले दानाहरु लैजान पाएन अर्थात बीचमैं अर्कैले शिकार गरिदियो ।
बोधिचित्त लुटपाटको तथ्य !
होमबहादुर सुनुवारको बुद्धचितको रुख फिक्कल गाउँपालिका खेलकुद विकास समितिको अध्यक्ष समेत रहेका शिव बराल मार्फत काभ्रे तेमालका पुष्पलाल दोङ, राकेश तामाङ र दूतराज तामाङले वार्षिक ५ लाख रुपैयाँमा ३ वर्षको लागि १५ लाखमा करार सम्झौता गरेका थिए । उक्त १५ लाखमा करार सम्झौता गरेको भनिएको रुख उनीहरूले काठमाडौं ठमेलका व्यापारी आर्यन खतिवडालाई ६५ लाखमा बिक्री करार गरेका थिए । तर दाना टिप्ने समयमा आर्यन खतिवडालाई बिक्री गरिसकेको बोधिचित्तको दाना गत साउन १ गते राकेश र दूतराज तामाङ आफैले लुटेका थिए ।
आर्यन खतिवडाले आफूले खरिद गरेको बोधिचित्त लुटिएको भनेर मिडियामा आएपछि मात्रै घटना बाहिर आएको थियो । मिडियामा उनले प्रहरीकै संलग्नतामा माला लुटिएको प्रहरीले राजधानी काठमाडौका केही मिडियामा आएपछि मात्रै तथ्य बाहिर आएको थियो ।
मिडियाको सहारामा उभिएका खतिवडाले दिएको किटानी जाहेरी र उजुरी समेत लिन अस्वीकार गरेको त्यस क्रममा बताएका थिए । फिक्कलबाट लुटिएको ५० केजी बोधिचित्तको दाना ठमेलको एक होटलमा चिनियाँ व्यापारीसँग डिल गरेर ३ करोड रुपैयाँमा बिक्री गरिएको सो कारोवारमा संलग्नहरुले बताएका छन् । जवकी फिक्कल गाउँपालिकाले सो बोधिचित्तलाई कौडीको मूल्यमा राजस्व काटेर निकासीको मार्ग खोलिदिएको थियो ।
चौतर्फी आलोचना भएपछि, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उक्त घटनाको किटानी जाहेरी साउन १६ गते मात्रै दर्ता गरेको थियो । सिन्धुली प्रहरीले जाहेरी दर्ता भएसँगै पहिलो चरणमा ३ जनालाई अनुसन्धानका लागि पक्राउ गर्ने तयारी गरेको थियो । त्यस क्रममा जोडिएका थिए काभ्रे तेमालका माओवादी कार्यकर्ता राकेश तामाङ ।
सिन्धुली प्रहरीले काभ्रे प्रहरीलाई पक्राउका लागि पत्राचार गरेपछि तामाङले गएको भदौ २ गते सिन्धुली प्रहरी समक्ष उपस्थित भएका थिए । तामाङलाई जिल्ला अदालत सिन्धुलीबाट पटक पटक म्याद थपगर्दै अनुसन्धान अगाडी बढाएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
प्रहरी प्रमुख काफ्लेका अनुसार, पक्राउ पुर्जी जारी भएका ३ जना मध्ये राकेश आफै प्रहरी कार्यालयमा हाजिर भएको र अन्य २ जना अझै फरार रहेको छन् । प्रारम्भिक अनुसन्धान हेर्दा अरू थुप्रै संलग्न पक्षहरू तानिने देखिन्छ उनले भने ।
वडाध्यक्षकै मिलेमतो !
बोधिचित्तका मालिक अर्थात बोटधनी वडाध्यक्ष सुनुवारको भएपनि कानूनी रुपमा त्यसको स्वामित्व कागजी हिसावले अर्कैको बनिसकेको देखिन्छ । सुनुवारका दुई छोराहरू छन् । दुबै छोराले उक्त बृक्षको रखवाली गर्ने काम गरेका थिए । घटना हुँदा मंगलवार घरमा एउटा छोरा मात्र थिए ।
सुनुवारले अघिल्लो साल फलेको थोरै दानाबाट केही रकम प्राप्त गरेका थिए तर त्यसबेला उनले कहाँ र कसरी बेच्ने भन्ने मेलोमेसोनैं पाएका थिएनन् तर यस पटक भने उनलाई आफ्नै गाउँकै मानिसले मालामाला बनाई दिए तर उनलाई मालामाला बनाउने र आँखा छलेर लाखौं लगानी गर्ने व्यापारीको आँखा छलेर कमाएकाहरुको भने यो बिबरण तयार पार्दासम्म निद हराम हुन थालेको छ । वडाध्यक्ष सुनुवारले दाना जति मूल्यमा बेचेका छन्, त्योभन्दा थोरै मूल्य राखेर फिक्कल गाउँपालिकालाई कर तिरेका छन् ।
मालाको बढ्दो प्रयोग !
नेपालसहित विश्वमा बौद्ध धर्मावलम्बीहरुले बुद्धचित्तको माला मन्त्र जप्न प्रयोग गर्छन् । ठूला लामा गुरुहरूले यसको प्रयोग गर्दा शान्ति प्राप्ति हुने विश्वास बाँडेका कारण पनि माग बढेको हो ।
ल्हासा, तिब्बतलगायत चिनियाँ बजारमा यसको धार्मिक महत्व बढेकाले पछिल्लो समय अधिकांश नेपाली माला उतैतिर निकासी हुन्छ । त्यस्तै, तिब्बतमा बुद्धचित्तको दाना मात्र प्रयोग गरी ठूलो गुम्बा निर्माण भइहरेकाले यसको माग उच्च भएको नेपाल स्थित धर्म गुरुहरूको भनाई छ ।