नेकपा एमाले नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक १९ सदस्यीय सचिवालय गठनगर्दै सम्पन्न भएको छ ।
शनिवार देखि सुरु भएर आइतबार सम्पन्न दुई दिने बैठकले सचिवालय गठन गरेको हो ।
सचिवालयमा महेन्द्रदेव श्रेष्ठ, कर्ण घिसिङ , नवराज थिङ, दीपेश बराल र पार्वती भट्टराई सहित १९ जनाको रहेका छन्।
त्यसै गरी देव घिसिङ, रेगनराज थापा,गोपाल आले मगर, छत्र दाहाल, लालबहादुर श्रेष्ठ, रितेश राउत , युवराज श्रेष्ठ, गंगा कार्की, मेनुका तिम्सिना, अच्युत श्रेष्ठ, शंकर सौगात , हेमबहादुर श्रेष्ठ, नारायण अधिकारी र विनोद श्रेष्ठ समेत १९ जना सचिवालय बनाउने निर्णय गरेको नेकपा एमाले सिन्धुलीका सहसचिव दीपेश बरालले जानकारी दिए।
सहसचिव बरालका अनुसार ३१ सदस्य सचिवालय भए पनि अहिले १९ जनाको कमिटी रहेको र बाँकी १२ सदस्य मनोनीत सदस्यको पद तथा गोपनीयताको शपथग्रहण पछि अर्को बैठकले थप्ने सहमति भएको छ ।