सिन्धुली: अंकपत्र कार्यान्वयनका क्रममा बहुसरोकारवालाहरु बीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडानंं ६ स्थित सिद्धवावा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमममा विद्यालयका प्रधानाध्यापक टोमप्रसाद काफ्लेले युवा नागरिक अंकपत्र कार्यान्वयनमा ल्याउन आफ्नो विद्यालय छनोट भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यस अगाडि विद्यालयमा विद्यार्थीहरुले यो विषयलाई उठाएपनि हामीले त्यसलाई महत्व दिएका थिएनौं तर अहिले त्यसको महत्व थाहा पाएका छौं, हामी त्यसलाई कार्यान्वयनमा लिएर जानेछौं, काफ्लेले भन्नुभयो । उहाँले अंकपत्र कार्यान्वयनका लागि विद्यालयलाई छात्राबास आवश्यक रहेको दाबी गर्नुभयो ।