एमालेले दियो-निर्वाचित जनप्रतिनिधीलाई प्रशिक्षण

सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुलाई केन्द्रीत गरेर अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

आजाद स्मृति भबनमा बिहिवार आयोजित अनुशिक्षण कार्यक्रमको एमाले स्थायि समिति सदस्य  गुरु बरालले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । पार्टीले निर्वाचनमा बेला जनस्तरमा गरेको प्रतिवद्धता र जनउत्तरदायी स्थानीय सरकार सञ्चालन, पार्टी र सत्ताका बीचमा बढेको दुरी कम गर्ने जस्ता विषयमा प्रशिक्षण दिनुभएको थियो ।

एमाले बागमती प्रदेश कमिटी इन्चार्जसमेत रहनुभएका नेता बरालले एमालेको नीति, विचारलाई जनस्तरमा बलियो बनाउन जनप्रतिनिधीले सरकार सञ्चालन एवम् नीति  तथा योजना निर्माणमा पार्टीले अँगाल्नुपर्ने भूमिकाका विषयमा सिन्धुलीका ९ वटै स्थानीय तहका जनप्रतिनिधीलाई प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रमा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेबाट निर्वार्चित जनप्रतिनिधीहरु उस्तै देखिनु दुखद भएको बताउनु भयो । एमालेका जनप्रतिनिधीहरु कांग्रेस र माओवादीको भन्दा अब्बल, मर्यादित, अनुशाशित र जनप्रिय बन्नु पर्छ, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले स्थानीय सत्ता सञ्चालन गर्ने क्रममा हामीहरुबाट कमी कमजोरीहरु भएको र त्यसलाई करेक्सनगर्दै पार्टीले अगाडि सारेको मिसन ८४ को संकल्पलाई पुरा गराउन सबैले सकारात्मक पहल थाल्न सुझाव दिनुभयो । उहाँले अगाडि भन्नुभयोः यो वा त्यो बहानामा पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरु उम्कन नपाउने भन्दै एमालेको नीति, विधी र पद्धतिभन्दा बाहिर जाने अधिकार कसैलाई पनि नरहेको प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटा, गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बराल, फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार, दुधौलीका जनप्रतिनिधी रितेश राउतलगायतले स्थानीय सत्ता सञ्चालनका क्रममा आएका समस्या र पार्टी सम्बन्ध वारे कार्यक्रममा रिपोर्ट प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा एमाले सिन्धुलीका इन्चार्ज खेम लोहनी, केन्द्रीय सदस्यहरु कमलजंग राई, उमा कोइराला, सुवास देवकोटा, निरु दर्लामीलगायतको उपस्थिति रहेको थियो । एमालेबाट निर्वाचित वडाध्यक्षसमेतको उपस्थिति रहेको प्रशिक्षण कार्यक्रमको सञ्चालन जिल्ला सचिव नवराज थिङले गर्नुभएको थियो ।

– यो सन्देश जनप्रिय साप्ताहिकको डिजिटल भर्सन हो । यसमा प्रकाशित समाचार अनुमति लिएर मात्रै पुनः प्रकाशन गर्न सकिने छ । प्रकाशक