सिन्धुलीमा भेटियो ठूलो परिमाणमा म्याद नाघेका पेय पदार्थ !

सिन्धुलीको दुंग्रेवास स्थित कमला सप्लायर्सले जनस्वास्थ्यमाथि गरेको लापरवाहीका थप श्रृङखलाहरु खुल्न थालेका छन् ।
हिजो मात्रै स्थानीय प्रशासनको अगुवाईमा भएको अनुगमनमा लामो समय म्याद गुज्रिएको हेर्दा कोकाकोला जस्तै देखिने पेय पदार्थको ठूलो भण्डारण फेला परेपछि अनुगमनमा सामेल भएका अधिकारीहरु चकित परेका थिए ।
मसँग म्याद नाघेका कुनै पनि बस्तुहरु हुँदैनन् भन्दै अनुगमन टोलीसमक्ष पटक पटक बताउँदै आएका सञ्चालक जयले भण्डार गरिएको गोदामबाट ठूलो परिणाममा कोकलगायतका पेय पदार्थ फेला परेपछि सिन्धुलीका नागरिकले कस्तो पेय पदार्थ खाइरहेका रहेछन् भन्ने डरलाग्दो तथ्य खुलेको हो ।
अनुगमन टोलीले म्याद नाघेका र जनस्वास्थ्यका हिसावले हानिकारक मानिएका बस्तुहरु जफतगर्दै कारबाही प्रक्रिया अगाडि बढाएपछि केही पालित पोषित राजनैतिक दलका नेता तथा तथा एकाध पत्रकारसमेतको टाउको दुख्न थालेको थाहा लागेको छ ।
अनुगमनमा संलग्न अधिकारीहरुले ठूलो परिमाणमा अखाद्य बस्तु फेला पारेको र जफत गरेको बिबरणहरु सार्वजनिक भइरहँदा सिन्धुलीका सञ्चारकर्मीले नदेख्नुलाई आश्चर्यका रुपमा लिन थालिएको छ । अनुगमनमा संलग्न अधिकारीहरुले दिएको जानकारी अनुसार अनुगमनबाट थप तथ्यहरु खुल्दै जानेछन् ।