सिन्धुलीको कमलामाई नगरपालिका स्थित कमला सप्लार्यले म्याद नाघेका खाद्य पदार्थ नयाँ बोरामा रिप्याकेजिंग गरेको सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मारेर बरामद गरेको छ । मुसाले खाएका र म्याद नाघेका चिउराको गोदाममा नयाँ बोरामा प्याकिंग गरेको स्थानीय वासिन्दाले सूचना दिएपछि स्थानीय प्रशासन, खाद्य प्रविधी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी र उद्योग वाणिज्य संघको रोहवरमा अनुगमन गर्दा तथ्यहरु फेला परेको हो ।
नबलपरासीबाट नयाँ बोरा (नयाँ म्याद भएको ) मगाएर मुसाले खाएको तथा म्याद सकिएको चियरा प्याकिंग गरेको अबस्थामा अनुगमन टोलीले बरामद गरेपछि कमला सप्लायर्सलाई कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । ति सञ्चालकले पटक पटक जनस्वास्थ्यमाथि खेलवाड गरिरहे पनि उन्मुत्तिः पाइरहेका थिए । यो समाचार सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।
