एमाले सिन्धुलीले मनायो ३१ औै मदन-आश्रित स्मृति दिवशः नेताहरुले दिए यस्तो सुझाब

सिन्धुलीमा ३१ औं मदन आश्रित स्मृति दिवश मनाएको छ । एमालेका केन्द्रिय सदस्य बिषमलाल अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठले गर्नुभएको थियो ।
प्रमुख अतिथिीको रुपमा बोल्दै केन्द्रीय सदस्य अधिकारीले मदन आश्रितले देखाएको बाटोबाट पार्टी र नेता कार्यकर्तालाई डोहोर्याउन सके आउँदो निर्वाचनमा एमाले देशके पहिलो दल बन्ने बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य कमलजंग राई, उमा कोइराला र सुवास देवकोटाले पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्न र मदन आश्रितले निर्माण गर्नुभएको आदर्शलाई आत्मसात गर्न एमाले कार्यकर्ताहरुलाई अपील गर्नुभयो । नेकपा एमाले बागमती प्रदेश कमिटीका सचिवालय सदस्य शान्तिमान कार्की, नेताहरु प्रदीप कटुवाल, खड्ग खत्री, प्रल्हाद पोखरेल, रमा शर्माले जवजको मार्गनिर्देशन अनुसार पार्टी र कार्यकर्ताहरु परिचालित हुन अपील गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले जनताको बहुदलीय जनवादको जगमा उभिर पार्टीले आफ्ना गतिविधी अगाडि बढाइरहेको बताउँदै सिन्धुलीका नेता कार्यकर्ताहरुले मदन आश्रितले पार्टी निर्माणमा गरेको योगदानको स्मरण गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष हरि ‌पोख्रेल, बुद्धिजीवी फल्गुणी शर्माले पार्टीलाई विधि र पद्धतिका आधारमा सञ्चालन गर्न जरुरी भएको बताउँदै मदन आश्रितको आदर्शलाई आत्मसात गर्न र बिधिलाई स्थापित गरेर अगाडि बढ्न सुझाब दिनुभएको थियो ।