समाचार एकै दिन ५७ जना कोरोना संक्रमित थपिए

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

पछिल्लो पटक थपिएका सबै संक्रमित पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ सय ९१ पुगेको छ ।