सिन्धुलीको खुर्कोटमा आँखाको निःशुल्क शल्यक्रिया, १५० विरामीले सेवा लिंदै

सिन्धुली: गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा मोतिया विन्दु भएका विरामीहरुको आँखाको निःशुल्क सल्यक्रिया सुरु भएको छ।
सुनकोसी सामुदायिक अस्पताल र गोलन्जोर गाउँपालिकाको संयुक्त आयोजना, जय फाउन्डेसनको सहयोग र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा आज र भोलीसम्म चल्ने शिविरमा १५० जनाको सल्यक्रिया गर्ने लक्ष्य राखेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशव देवकोटाले प्रदेशखबरलाई बताउनुभयो।
सिन्धुलीको सुनकोशी गाउँपालिका, गोलन्जोर गाउपालिका सहित रामेछाप जिल्लाका समेत बिरामीको आँखाको शल्यक्रिया गरिने कार्यक्रम रहेको देवकोटाले जानकारी दिनुभयो। बिहान ७ बजेदेखि सुरु भएको शिबिरमा २० जना भन्दा बढीको सल्यक्रिया भइसकेको र बाँकीको क्रमसँगै गरिने बताइएको छ ।
यस अघि पनि गाउँपालिकाको आर्थिक सहयोगका मोतिया बिन्दुको निःशुल्क शल्यक्रियागर्दे चश्मा बितरण गरिएको थियो । -बलबीर भुजेल