प्रधानमन्त्री प्रचण्डलाई आफ्नै अर्जुनदृष्टिले गिज्याउँदै !

दुधौली,सिन्धुली: आफ्नो यस पटकको कार्यकालमा शिलान्यास र उद्घाटनमा होइन जनताको निम्ती काम गर्ने अन्तिम मौका हो । भ्रष्टाचारविरुद्ध निर्मम हुन्छु’ भन्दै देशवासीका नाममा सम्बोधन गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक विकासमा अग्रगामी छलाङ मार्ने रटान गर्दै आउनुभएको छ । तर ‘कान्तिकारी नेता’ प्रचण्ड नेतृत्वको सरकारले आफ्नो अर्जुन दृष्टिलाई बिर्सदैं आज विहान ११ बजे निर्माण कार्य पुरा नभएका सिन्धुलीको एक अस्पताल उद्घाटन गर्न आउँदै हुनुहुन्छ ।
दुधौली नगरपालिका वडा नंं ५ सिर्थौलीमा निर्माणाधिन अस्पताल भवनको काम पुरा नहुँदै प्रधानमन्त्री दाहालले उद्घाटन गर्न लाग्नु भएको हो । उहाँ लेलिकोप्टर मार्फत ११ बजे आउने आयोजकले जानकारी दिएका छन् ।
दुधौली नगरपालिकाका उपप्रमुख चन्द्र किशोर थारुका अनुसार प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने अस्पताल भवनको केही कामहरु भने अधुरो रहेको र अधुरो काम देखेपछि बाँकी काम पुरा गर्न रकम उपलब्ध गराई दिनुहुनेछ । अस्पताल भवनमा स्टिमेट अनुसार लिफ्ट, रेलिङ, छाना र अस्पताल भित्र आवश्यक पर्ने फर्निचर तथा उपकरणहरु केही पनि छैन, थारुले भने ।
‘भवन बनेको छ, भित्री कामहरु अधुरा छन्, हामीले त्यही अधुरो कामहरु पुरा गरान उहाँले रकम उपलब्ध गराई दिनुहुनेछ भन्ने उदेश्यले प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाएर ल्याउन पत्राचार गरेका हौं’ उपप्रमुख थारुले अगाडि भने ।
बाँकी कामहरु पनि पुरा गरिनु पर्ने थियो, त्यो भवन निर्माणको स्टिमेटमैं थियो तर रकम अभावमा हुन नसकेको थारुको भनाई छ । सुविधासम्पन्न भवन निर्माणका लागि १८ करोड रुपैयाँ संघीय सरकारले बिनियोजन गरेको थियो तर संझौता अनुसार भवन निर्माण नभएको दुधौली ५ सिर्थोलीका वडाध्यक्ष यदुप्रसाद काफ्लेले बताए ।