प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुलीको सिर्थौलीमा, स्वागतगर्दै उपप्रमुख थारुले भन्नुभयोः अधुरो भवन पुरा गर्न सहयोग गर्नुहोस्

सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीको नगर अस्पताल भवनको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुली सिर्थौलीमा आइपुग्नु भएको छ । नगरउपप्रमुख चन्द्र किशोर थारुले कार्यक्रममा स्वागत गर्नुभयो। । उहाँले प्रधानमन्त्री दाहाललाई भवनको अधुरो काम पुरा गराउनका लागि आर्थिक तथा प्राविधकि सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।