बरहथवामा ११ बुँदे सम्झौता, मृतकाका नामबाट अस्पतालको नामाकरण गरिने

सर्लाहीको बरहथवा घटनाका पीडित परिवार र स्थानीय प्रशासनबीच सहमति जुटेको छ । आइतबार साँझ भएको छलफलपछि पीडित र जिल्ला प्रशासनबीच ११ बुँदे सम्झौता भएको हो । 

बरहथवास्थित स्वास्थ्य केन्द्रको सुधारको माग गर्दै भएको प्रर्दशनमा शुक्रबार ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो । त्यसपछि नगरक्षेत्रमा तनाव कायम थियो । 

सहमतिमा उक्त स्वाथ्य चौकीलाई मधेश सरकारलाई हस्तान्तरण गरी ५० शय्याको बनाउने र मृतक शासको नाममा अस्पतालको नामकरण गर्ने उल्लेख छ । 

त्यस्तै मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने, अस्पताल परिषरमा मृतको शालिक बनाउने, मृतकलाई सहिद घोषणाका लागि संघीय सरकारलाई सिफारिस गर्ने, छानबिनपछि घटनाका दोषी प्रहरी अधिकारीलाई कारवाही गर्ने लगायतका सम्झौता भएका छन् । सहमतिपछि पीडित परिवार मृतक शाहको शव उठाउन सहमत भएको छ ।