सिन्धुलीः धर्मगुरु रामवहादुर बम्जनलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेपछि नेपालका तामाङ समुदाय आक्रोसित बनेका छन् । नेपाल समाजवादी पार्टी सिन्धुलीका नेता सुरतवहादुर स्याङ्तान बृहतले बम्जनको पक्राउलाई लिएर असन्तुष्टि जनाएका छन् ।
उनले भनेकाछन्ः विदेशी धर्मको बुंई चढेर कुनै धर्म सम्प्रदायलाई नियोजित ढंगले बदनाम गरेर अस्तित्व समाप्त पार्ने षड्यन्त्र पनि हामीले देखिनैं रहेका छौं । त्यसको शिकार रामबहादुर बम्जन लाई बनाउन पाइदैन ।
बृहत लेख्छन्ः तपस्वी रामबहादुर बम्जन गिरफतार भएको समाचार आयो । धर्मको नाममा विश्वविख्यात चर्चहरुमा पोप र पादरीहरुले गरेका यौन शोषण र अमानवीय व्यबहार हुने गरेको पटक पटक हामीले सुन्दै आएको छौं । धर्म गुरुहरुले प्रसाद भनेर मल मुत्र खुवाएको कुरा पनि सुनिएकै छ । पशुपतिनाथ मन्दिरको भेटीमा करोडौं भ्रष्टाचार भएको तथ्य पनि सुनेकै छौं ।

धर्मका नाममा बेथितिहरु व्याप्त छ नैं । धर्म ग्रन्थहरूमा पनि भगवानहरुले नैं यौन शोषण गरेको उल्लेख छ । भगवान कृष्णको सोह्रसय गोपिनीसँग यौन सम्बन्ध, राजा दशरथको ३ रानी, भगवान विष्णुले जालन्धरको श्रीमतीसँग छल गरेर यौन सम्बन्ध राखेको, भगवान शिवले शिव भट्ट ब्राम्हणको रुप धारण गरेर ७ वर्षिया वालिका गोमासँग विवाह गरेको जस्ता यौनजन्य विकृति धर्म ग्रन्थहरू मैं उल्लेख छ ।
काल्पनिक कथाहरुमा जेसुकै भएपनि वास्तविक जीवनमा बेथिति सैह्य हुँदैन । दोषी उपर सजाय हुनु पर्छ । तर विदेशी धर्मको बुंई चढेर कुनै धर्म सम्प्रदायलाई नियोजित ढंगले बदनाम गरेर अस्तित्व समाप्त पार्ने षड्यन्त्र पनि हामीले देखिनैं रहेका छौं । त्यसको शिकार रामबहादुर बम्जन लाई बनाउन पाइदैन ।