रिलिफ नेपालले गर्यो ८ औं संविधान दिवशमा दिप प्रज्वलन

सिन्धुलीः वालवालिकाको क्षेत्रमा लामो समयदेखी क्रियाशिल गैर सरकारी संस्था रिलिफ नेपालले ८ औं संविधान दिवशको अबसर पारेर दिप प्रज्वलन गरेको छ ।
कमलामाई नगरपालिका ६ स्थित आफ्नै कार्यालयमा रिलिफ नेपालले साँझ दिप प्रज्वलन गरेको हो । दिप प्रज्वलनपछि संक्षिप्त प्रतिक्रिया दिंदै अधिकारर्की एवम् रिलिफ नेपालका अध्यक्ष दुर्गा पौडेलले संविधानको सफल कार्यान्वयनका लागि कानूनको दृढतापूर्वक कार्यान्वयन आवश्यक भएको बताउँदै अहिलेसम्म संविधानले जनताको अपनत्व नपाएको बताउनुभयो । उहाँले संविधानको कार्यान्वयनमा सरकार लाचार भएको र संविधानसभाले बनाएको संविधान ८ वर्षसम्म जनताले अपनत्व ग्रहण गर्न नसक्नु दुखद भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयोः हाम्रो संविधान उत्कृष्ठ छ र त्यसलाई हामी सबैले दृढतापूर्वक कार्यान्वयनमा लैजान दबाब दिनुपर्छ ।

No description available.
No description available.