शान्तिएजी चर्चको स्थापना दिवशमा रक्तदान

सिन्धुली: शान्तिएजी चर्च सिन्धुली रातमाटाको ३२ औं र सिलामेको ८ औं स्थापना दिवशलाई रक्तादानगरी मनाएको छ ।
स्थापना दिवसको अवसरमा चर्चले आयोजना गरेको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् । चर्चले प्रत्येक बर्षको भदौ एक गतेलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै रक्तदान कार्यक्रम आयोजनागर्दै आएको अध्यक्ष गणेश राउतले बताए ।
शान्तिएजी चर्च रातमाटाका पास्टर भुवनकुमारी सुनुवारको अध्यक्षता तथा ईसाइ समाज सिन्धुलीका अध्यक्ष हरी अधिकारी, सचिव दिपव्योति राई र शान्तिएजीचर्च सिलामेको पास्टर शेरबहादुर श्रेष्ठको आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा, नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोककुमार श्रेष्ठ, कोषाध्यक्ष पुषोत्तमप्रसाद पहाडी लगायतको उपस्थिति रहेको थियो ।
रक्तदानकार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले प्राविधिक सेवा उपलब्ध गराइएको थियो । चर्चले विगतकावर्षहरुमा पनि स्थापना दिवसमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको शरिरमा अनाश्यक भएको रगतले अर्को कुनै मानिसको जीवनबाँच्ने भएकाले आफूहरुले रक्तदान गरेको भन्दै आगामी वर्षमा पनि स्थापना दिवसको दिन रक्तदान कार्यक्रमलाई निरन्तरता दिने राउतको भनाई थियो । कार्यक्रममा मानिसहरुको उल्लेख्य सहभागिता रहेको भन्दै शान्तिएजी चर्चको पास्टर भुवनकुमारी सुनुवारले रक्तदान कार्यक्रममा सहभगि सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै यसै स्थापनादिवस अवसरमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाबाट निःशुल्क ब्लड उपलब्ध गराउनका लागि स्थापना गर्न लागिएको १ करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने अभियानमा आयोजक चर्चका सदस्यहरु द्वारा संस्थागत र व्यक्तिगत रुपमा तपशीलमा उल्लेखित व्यक्तिहरुबाट सहयोग रकम प्रदान गर्नु भएको छ ।

तपशीलमा उल्लेखित व्यक्तिहरुबाट सहयोग रकम प्रदानगर्नु भएको छ ।
१) मोहनभुजेल, क.न.पा.६, सिन्धुली २५,०००।–
२) गणेश राउत, क.न.पा.६, सिन्धुली २५,५५०।–
३) ललितवि.क., क.न.पा.५, सिन्धुली २५,५५५।–
४) दोर्जे लामा, क.न.पा.५, सिन्धुली २५,५५५।–
५) शेर बहादुर श्रेष्ठ, क.न.पा.५, सिन्धुली २५,०००।–
६) भुवनकुमारी सुनुवार, क.न.पा.६, सिन्धुली १५,०००।–
७) गंगा सुनुवार, क.न.पा.६, सिन्धुली ५,०००।–
८) गोपालश्रेष्ठ, क.न.पा.५, सिन्धुली ५,५००।–
९) दुर्गा नारायण श्रेष्ठ (सविन), क.न.पा.५, सिन्धुली ५,०१५।–
१०) लेखनारायण श्रेष्ठ (पावन),क.न.पा.५, सिन्धुली ५,०००।–
११) गणेशवि.क.,क.न.पा.५, सिन्धुली १,०००।–
१२) सरिता सुनुवार, क.न.पा.६ , सिन्धुली ५००।–
१३) रोहितथापा, क.न.पा.५ , सिन्धुली ५,००।–
१४) प्रमिलाआले, क.न.पा.६, सिन्धुली ५००।–
१५) सन्जु नेपाली, क.न.पा.५, सिन्धुली ५००।–
१६) रामकुमारी मगर ,क.न.पा.६, सिन्धुली ५००।–
१७) लक्ष्मी खड्का, क.न.पा.७, सिन्धुली ५००।–
१८) तिर्थकुमारी घलान, क.न.पा.४, सिन्धुली २००।–
१९) खड्ग बहादुर कार्की, क.न.पा.५, सिन्धुली ५०।–