सिन्धुली: मरिण गाउँपालिकाकी उपाध्यक्ष विमला माझीले विधि पद्धतिको कुरा उठाउँदा आफू अन्यायमा परेको सिन्धुलीमा एक सम्बाददाता सम्मेलन मार्फत बताएकी छन् । नेपाली काँग्रेसको कार्यालय बिपी भवनमा संवाददाता सम्मेलनको आयोजनागर्दै उनले सो कुरा बताएकी हुन् ।
नेपाली कांग्रेस सिन्धुलीका सभापति उपेन्द्रकुमार पोखरेललाई साक्षी राखेर भनिन्ः “म जनताबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष हुँ, म सँग धेरै जनताको जिज्ञासा र गुनासो आउने गर्दछ मंैले आपूmलाई जानकारी नभएको गाउँपालिकाको गतिविधि र आगामी कार्यक्रमको बारेमा जानकारी लिन पाउनु पर्ने हो तर त्यसो भई रहेको छैन, गाउँपालिका विधि र पद्धतिमा चल्नु पर्दछ भन्ने मेरो मान्यता हा, तर अहिलेसम्म चल्दै चलने र मलाईनैं गुमराहमा राखियो ।”
गाउँपालिकामा निर्माण हुने भौतिक संरचना गुणस्तर बन्नु पर्दछ, छुट्ट्याएको बजेट र कायमको पारदर्शिता हुनु पर्दछ भनेर कुरा उठाउँदा पटक पटक आफूलाई प्रमुख प्रशासकीय अधिकृतले अपशब्द बोल्दै गाली गलौच गर्ने गरेको आरोपसमेत लगाईन् ।
उनले प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले भदौ १ गते जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा बसेको बैठकमा उपाध्यक्ष माझीले बिल, भरपाई भएर भुक्तानी भइसकेका कागजातहरू आफूले हेर्न पाउनु पर्ने विषय उठाएकै कारण अपशब्द बोलेको संवाददाताहरुका बीच आरोप लगाएकी थिइन् ।
उनले अगाडि भनिन्ः जनताका गुनासा आएपछि आफूले सो बारेमा प्रमुख प्रशासकीय अधिकृतसँग जानकारी लिन खोज्दा गाउँपालिका उपाध्यक्षले यस विषयमा जानकारी लिन पाउने अधिकार नभएको र लिनु नैं पर्ने भए पनि कार्यविधि बनाउनु भन्ने, गैर जिम्मेवार तरिकाले प्रस्तुत भएको बताइन् ।
उनले संवाददाताहरु मार्फत गाउँपालिकामा आर्थिक प्रगति प्रतिवेदन, टेन्डर सम्झौता, सार्वजनिक खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयहरूको कार्यान्वयन अवस्थाका बारेमा बुझ्न प्रमाणित गर्ने आवश्यक कागजातसहितको सूचना माग गरेकी छन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति, सिन्धुलीका सभापति उपेन्द्र कुमार पोख्रेलले अनुगमन तथा सुपरिवेक्षण, बजेट योजना तर्जुमा तथा मुुल्य निर्धारण समिति र अन्यायमा परेका नागरिकलाई न्याय दिने न्यायिक समितिको संयोजक नै उपाध्यक्ष हुने भएकाले उहाँलाई आफ्नो पालिकाको आर्थिक पारदर्शिता हेर्न पाउनु पर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृतले सूचनाको हकलाई नै बन्द गर्ने, गाउँपालिका र जनता प्रति जिम्मेवार उपाध्यक्षलाई अपशब्द बोल्ने, होच्याउने कार्य गरेको प्रति खेद प्रकट गर्दै नेपाली काँग्रेस उनले बोलेका शब्द फिर्ता नलिए कानुनी उपचारमा जाने बताएका थिए ।
बजेट विनियोजन, बजेट भाषण र योजनाको अनुगमन सबै उपाध्यक्षले गर्नु पर्दछ तर प्रमुख प्रशासकीय अधिकृतले स्थानीय सरकार संचालन ऐन विपरीत कार्य गरेकोमा नेपाली काँग्रेस घोर भत्र्सना गर्दछ सभापति पोखरेलले भने ।
हामी करेक्सन गछौंः अध्यक्ष विमर्श मोक्तान
यसैबीच मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले गाउँपालिका उपाध्यक्ष बिमला माझीको संवाददाता सम्मेलनले आफु आश्चर्य चकित भएको बताएका छन् । हामीसँगको पटक पटकको छलफलमा सौहार्दपूर्ण कुराहरु भइरहेको र केही कमजोरी भए छलप गरेर जाऔं, मैंले के गर्नु पर्छ भनेर भनेकै छु, तर आज एक्कासी पत्रकार सम्मेलन गर्न पुग्नु भएको देख्दा चकित भएँ, उनले प्रदेशखबरसँग भने ।

उपाध्यक्षज्यू आफैंमा नराम्रो मान्छे होइन, उहाँ राम्रो हुनुहुन्छ तर अहिले उहाँलाई दबाबमा पारेर पार्टीका मान्छेले पत्रकार सम्मेलन गराउनेसम्मको काम गरियो, उनले भने । ‘मैंले आजनैं सबै पालिकाका साथीहरुलाई उपाध्यक्षज्यूसँग समन्वय गरेर कात्रै विषयगत शाखाहरुको कामहरु अगाडि बढाउन निर्देशन दिइसकेको छु । विगतमा भएका भनिएका कमी कमजोरीहरु करेक्सन हुन्छ र केही असमझदारीहरु भए आपसी छलफल र कुराकानीबाट समाधान हुन्छ, किनकी उहाँले उठाउनु भएका विषय बस्तु त्यस्ता ठूला र जटिल होइनन्’ अध्यक्ष मोक्तानले भने ।