लाम्पनटार: तीनपाटन गाउँपालिका स्थित लाम्पनटार बहुमुखी क्याम्पसले विगत ५ वर्ष अगाडि देखी प्राविधिक धार अन्र्तगतको बाली बिज्ञान र सिभिल इन्जिनियरिङको अध्यापन गराइरहेको छ ।
सत प्रतिशत नतिजा ल्याउन सफल भएको लाम्पनटार बहुमुखी क्याम्पसमा दक्ष शिक्षकहरुले पठन पाठन गराउने भएकाले पनि विद्यार्थीहरुले राम्रो नतिजा ल्याएको प्रधानाध्यापक सुनलाल तामाङले सन्देश जनप्रियलाई बताए । मंगलवार साँझ सन्देश जनप्रियसँग कुराकानीगर्दै उनले वाली विज्ञान र सिभिल इन्जिनियरिङ पढाईका लागि १ लाख ८० हजार रुपैयाँ तोकिएको बताए ।
उनले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने थलो बन्न थालेका बेला विद्यार्थीहरुलाई स्वरोजगार बनाउने उदेश्यले गाउँमैं प्राविधिक ज्ञान र शिपसहितको कृषि अन्र्तगतको वाली बिज्ञान र सिभिल इन्जिनियरिङ कक्षाहरु सञ्चालन गरिएकाले तीनपाटन गाउँपालिकाका एसइई उर्तिर्ण गरेको भाई बहिनीहरुलाई अन्यत्र गएर महंगो शुल्क तिरेर पढ्नु भन्दा आफ्नै गाउँमा कम शुल्कमा अध्ययन गर्न अपील गरेका छन् । उनले भनेकाछन्ः तीनपाटन गाउँपालिका भित्रका विद्यालयबाट एसईई परिक्षामा राम्रो नतिजा ल्याउने विद्यार्थीहरु प्राविधिक विषय अध्ययन गर्न आएमा ५० प्रतिशत छुट दिइने छ । प्रअ तामाङले आफ्नै गाउँको क्याम्पसमा आएर प्राविधिक विषयहरुमा बुझ्नसमेत आग्रहसमेत गरेकाछन् ।










