भलुवाही: कमला नदीमा डुबेर बालकको मृत्यु भएको छ । दुधौली नगरपालिका–२ भलुवाहीका सुकदेव कुमरको ८ वर्षीया छोरा आयुष कुमरको कमला नदीमा डुबेर मृत्यु भएको हो ।
घरका मानिस खेतमा काम गर्न भएको बेला ८ वर्षिय कुमरको कमला नदीमा डेबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरबाट अन्दाजी १.५ कि.मि. दक्षिण कमलाखोलामा डुबेको स्थानीय गाई चराउन गएको मानिसले देखी खोलाबाट निकालि आफ्न्तले उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगेकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवि दाहालले जानकारी दिनुभयो । लाश सिर्थौली स्वास्थ्य केन्द्रमा रहेको डिएसपी दाहालले वताउनुभयो । अ