तिनपाटन गाउँपालिकाको नीति तथा कार्यक्रम स्वीकृत

लाम्पनटारः तिनपाटन गाउँपालिकाको आगामी आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम बुधबार स्वीकृत गरेको छ । १२ औ गाउँ सभा अधिवेशनको दोस्रो बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।


गाउँपालिकामा सञ्चालन हुने सबै कार्यक्रम तथा क्रियाकलापहरू समावेश भएको विनियोजित विधेयक ०८०/०८१ माथि गाउँ सभाका ७ सदस्यहरुले आफ्नो धारणा गाउँ सभा समक्ष प्रस्तुत गरेका थिए । गाउँभामा उठेका समस्या तथा आएका गुनासा, जिज्ञासाहरू लाई सम्बोधन गर्दै गाउँ सभाका अध्यक्ष कर्ण बहादुर मगरले आगामी दिनमा सम्पूर्ण गाउँपालिका वासिको हितको पक्षमा काम गर्ने बताउनभयो ।


साथै आर्थिक वर्षका लागि विभिन्न समितिहरू छनोट गर्दै तीनपाटन गाउँपालिका अध्यक्ष तथा कार्यक्रमको सभाध्यक्ष कर्ण बहादुर थापा मगरले ५९ जना गाउँ सभाका सदस्यहरुले जनताको हित सुशासन, समृद्धि ल्याउन घरघरमा सेवा पुर्‍याउन  जनप्रतिनिधि र कर्मचारी मिलेर तीनपाटनलाइ समृद्ध बनाउन लाग्नु पर्ने बेला आएको बताउनुभयो । बेरुजु लाई शून्यमा पुर्‍याउन सबै मिलेर जुट्नु पर्ने  धारण व्यक्त गर्दै उपस्थित सम्पूर्ण वडा अध्यक्ष, गाउँ सभा सदस्य, कर्मचारी सबैलाई धन्यावाद ज्ञापन गर्दै सभाको समापन गर्नु भयो ।


आर्थिक वर्ष ०८०/०८१ का लागि ७९ करोड, ९० लाख २३ हजार रुपैंया चालु तथा पुँजीगत खर्चको बजेट विनियोजन भएको छ । ५ वटा विधेयकहरू माथि गाउँभाका सदस्यहरूबाट छलफल गर्दै सर्व समतले पारित गरियो । प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बेरुजु कसरी घटाउने र ठेक्का बन्दोबस्त सम्बन्धित विषयमा विचार व्यक्त गर्नुभयो ।
त्यसैगरी सर्वोत्कृष्ट कर्मचारी योजना शाखा प्रमुख सुरेश कुमार बराल र पशु सेवा शाखाका सहायक चौथो राम बहादुर बस्नेत लाई क्रमशः एक महिना र आधा महिनाको पारिश्रमिक पुरस्कृत गर्ने निर्णय भएको छ ।