एमाले गोलन्जोरले भन्योः कार्यकार्यकारी अधिकृतमाथि आक्रमण गर्ने वडाध्यक्षलाई कारबाही गर

नेकपा एमाले गोलन्जोर गाउँपालिका कमिटीले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंभुप्रसाद पौडेलमाथि वडाध्यक्ष दौलत कार्कीले गरेको आक्रमणको घोर निन्दागर्दै कारबाहीको माग गरेको छ । पालिका कमिटी अध्यक्ष रेगनराज थापा र सचि निर्मल रम्तेलले एक विज्ञप्ती जारीगर्दै जनताको सुख दुखमा साथ दिने कसम खाएका जनप्रतिनिधीले जनतालाई आतंकित बनाउने र विकास निर्माणमा अवरोध सिर्जना गर्ने कार्यको घोर भत्र्सना र निन्दा गरेको हो । एमाले गोलन्जोरले वडाध्यक्ष कार्कीलाई कानूनी कारबाही गर्न माग गरेको छ ।