सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ मा रहेको सिन्धुलीकै नमुना विद्यालयका रुपमा लिइने सिद्धवावा माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
शुक्रवार विद्यालयमा एक भव्य कार्यक्रमका बीच गरिव, असहाय विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । शिक्षा समन्वय इकाई सिन्धुलीका अध्यक्ष निर्मल घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षतामा भएको कार्यक्रममा नगरशिक्षा प्रमुख शंकरराज लुईटेल लगायतले आतिथ्यता ग्रहण गरेका थिए ।

प्रधानाध्यापक टोमप्रसाद काफ्लेले स्वागत मन्तव्य राख्दै विद्यालयमा भएको शैक्षिक गुणस्तर, भावी योजना र समस्याका विषयमा प्रष्ट राख्नुभएको थियो । कार्यक्रममा केही समय अगाडि सेवा निबृत्त भएका तीन जना शिक्षकलाई सम्मान पत्र, करुवा र दोसल्ला ओढाएर विदाई गरिएको थियो । कार्यक्रम समापन गर्दै वडाध्यक्ष थापाले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।
















