नगरप्रमुख पोखरेलद्धारा तल्लो रानिवासमा १३ नं.वडा कार्यालयको प्रशासनिक भवनको शिलान्यास

सिन्धुलीको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले एक कार्यक्रमका बीच वडा कार्यालयको प्रशासनिक भवनको शिलान्यास गरेका छन् । बुधवार बिहान कमलामाई नगरपालिका वडा नं. १३ माथिल्लो रानिवासमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख पोखरेलले १ करोड २५ लाखको लागतमा बन्न लागेको वडा प्रशासनिक भवनको शिलान्यास गरेका हुन् । शिलान्यास बैद्धिक परम्परा अनुसार गरिएको वडा नं. १३ का वडाध्यक्ष केशरवहादुर कार्कीले जानकारी दिए । उनका अनुसार १ करोड ९७ लाख ६९ हजार १ सय २० रुपैयाँ ६० पैसा लागतमा निर्माण सम्पन्न हुने उक्त वडा प्रशासनिक भवनको ठेक्का १ करोड २५ लाख ७४ हजार ५ सयमा लागेको छ ।
आफ्नै भवनबाट सेवा प्रवाह गर्ने उदेश्यले आफ्नै प्रशासनिक भवन बनाउन थालिएको नगरप्रमुख उपेन्द्र पोखरेलले बताए ।
शिलान्यास कार्यक्रममा उपप्रमुख मञ्जु देवकोटा, प्रमुख प्रशासकिय अधिकृत सूर्य दाहाल, लेखा प्रमुख टेकेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो ।

May be an image of 7 people and tree
May be an image of 11 people
May be an image of 5 people and temple

-पवन राउत