सिन्धुली कमलामाई कमलामाई नगरपालिका ४ सिन्धुली निवासी कामरेड समिर ढकाल अब हामीबिच रहनु भएन। उहाँको मिति २०८०।२।१६ गते बिहान आफ्नै निवास स्थानमा उच्च रक्तचापको कारण स्वर्गारोहण भएको थियो। २०२३ सालमा जन्मनु भएका ढकाल बिद्यार्थी जीवन देखि नै बामपन्थी राजनीतीमा सक्रिय थिए। नेपाल प्रगतिशील बिद्यार्थी युनियनको केन्द्रिय सदस्य हुदा २०४२ सालको सत्याग्रमा का. साहाना प्रधानसंग काठमाण्डुको ईन्द्र चोकबाट गिरफतार भई उनी लगायतका धेरै बामपन्थी साथीहरू गिरफतार हुनुभई ७ महिना भद्रगोल जेलमा बन्दिजीवन विताउनु भएको थियो।

२० ४४ सालबाट उहाँ नेकपा मार्क्सवादी सिन्धुली जिल्ला कमिटीको सदस्य भई काम गर्नु भएको थियो। सिन्धुली बहुमुखी क्याम्पसको स्वबियुको उपसभापति समेत रहनु भएका समिर ढकाल नेरेसो सिन्धुलीको परियोजनामा नासु र जिल्ला बिकास समिति सिन्धुलीमा अधिकृत समेत भई काम गर्नु भएका थियो। ढकालले माक्र्सवादको निकै राम्रो अध्ययन गर्नु भएका र नेपाली समाजको विश्लेषण समेत सहिरूपमा गर्नु हुन्थो। नेपालबाट सुकुम्वासीको अन्त्य गरिनु पर्दछ र त्यो कार्य म बाटै सुरू गर्छु भनी सुकुम्वासी रण वहादुर बि।क।लाई १ कठ्ठा जग्गा दिनुभइ एक उदाहरणीय कार्यको समेत सुभारम्भ गर्नु भएको थियो। उहाको १ छोरा २ छोरी र श्रीमती प्रेमदा ढकाल समेत हुनु हुन्छ।केही समयदेखि उहाँमा उच्च रक्तचाप, सुगर, कोलस्टोर र मानसिक रोगको समेतको दबाई सेवन गरी आउनु भएको थियो। का। पुष्पलालको कट्टर अनुयायी र नयाजनवादी कार्यक्रमका पक्षघर का. समिर ढकालको निधनले वामपन्थी आन्दोलनलाई अपुरणीय क्षतिपुगेको छ। उहाँको अन्तिम संस्कार आजै कनपा १ को मरिणखोलाको दोभानमा गरिएको थियो। उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न सिन्धुली जिल्लाका चर्चित बामपंन्थी नेता का. शान्तीमान कार्की तथा प्रजातन्त्र वादी नेता माणिक ढकाल समेत धेरै राजनैतिक ब्यक्तिहरूको उपस्थिति रहेको थियो । उहाको ५७ बर्षको उमेरमा स्वर्गारहण भएको हो। समाजवादी नेता का. समिर ढकाललाई अन्तिम सलाम।
–विश्वम्भर लामिछाने











