राष्ट्रघाती नागरिकता विधेयक प्रमाणिकरण गरेको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवासंघले सिन्धुलीमाढीमा बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेका छन् । उनीहरुले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा पुत्ला दहन गरेका हुन् ।
पुत्ला दहन पछि विद्यार्थी र युवासंघले राष्ट्रपति र प्रधानमन्त्रीको विरुद्धमा नाराबाजिसमेत गरेका थिए । मसाल जुलुस सदरमुका हुँदै जुनार स्तम्भमा पुगेरकोणसभामा परिणत भएपछि पुत्ला जलाएका थिए ।

उनीहरुले राष्ट्रघाती नागरिकता विद्येक खारेज गर !, भारतीयलाई नागरिकता उपहार देश बेच्ने प्रचण्ड गद्दार !, प्रचण्डको भारत भ्रमण ः विक बुलाए मेहमान !, प्रचण्डको सरकार विदेशी प्रभुसँग लम्पसार !, चुच्चे नक्साको जमिन खोइ, मोदिसंग बोल्छौ केही !, कलङ्कका साझेदार प्रचण्ड रामचन्द्र गद्दार !, चिहानबाट व्युत्तियो गोल्छेको जुत्ता बिर्सियो ! जस्ता नारा लगाएका थिए । -दिपा भण्डारीबाट