सिन्धुलीका ध्याङलेख गाउँपालिकाले आफ्नो पालिका भित्रका सम्पूर्ण कर्मचारी र शिक्षकलाई आफ्ना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमै पढाउन निर्देशन दिएको छ ।
गाउँ कार्यापालिकाको गत जेठ १० गतेको निर्णयकालाई दृढतापूर्वक कार्यान्वयन गराउने उदेश्यले प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले एक सुचना जारीगर्दै जनप्रतिनिधी, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक एवम् सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले अनिवार्य रुपमा आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउन भनिएको छ ।
सामुदायिक विद्यलायको शैक्षिक गुणस्तर माथि उठाउने उदेश्यले कठोर निर्णय गर्नु परेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । सामुदायि विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै गएको र आफ्ना छोरा छोरी निजी विद्यालयमा पठाउने क्रम बढेर गएपनि पालिकाले यस्तो निर्णय गरेको बताइन्छ ।
सिन्धुलीको विकट गाउँपालिकाको रुपमा रहेको ध्याङलेखले सिन्धुली जिल्लामैं पहिलो पटक यस्तो निर्णय गरेको हो । शैक्षिक क्षेत्रमा लागेकाहरुले ध्याङलेखको निर्णयलाई स्वागत गरेकाछन् ।
-अशोक ठकुरी, सिन्धुली