पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी पाइएका छन्। बिहीबार विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बाँस्तोला र डा. खुसीप्रसाद थारूको इजलासले उपाध्यायको नक्कली प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरेको ठहर गरेको हो।
उनलाई तीन हजार रुपैयाँ जरिवाना गर्ने निर्णय विशेषले गरेको छ।