सर्वाेच्चको फैसलाबारे रवि लामिछानेको प्रतिक्रिया : यतिखेर म परिचय नभएको अनागरिक भएको छु

सर्वाेच्च अदालतको निर्णयसँगै सांसद पद खारेज भएपछि गृहमन्त्री रवि लामिछानेले आफू परिचयन नखुलेको अनागरिक बनेको टिप्पणी गर्नुभएको छ ।

अदालतको फैसलालगत्तै गृह मन्त्रालयबाट बाहिरिँदै लामिछानेले अहिले आफू परिचय नभएको अनागरिक भएको बताउनु भएको हो । ’अनागरिकलाई प्रश्न गर्नु भएको छ । थाहा छैन । एउटा अनागरिकले के गर्छ ?’ लामिछानेले भन्नुभयो, ’अदालतको फैसलालाई स्वागत गर्छु । म अध्यक्ष छैन, केही पनि होइन । यतिखेर म परिचय नभएको अनागरिक भएको छु ।’

मन्त्रालय पुगेका संचारकर्मीलाई प्रतिक्रिया दिँदै लामिछानेले सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताउनु भयो । सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सांसद पद खारेज गरेको छ । लामिछानेको सांसद बन्न अयोग्य रहेको र नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेपछि उहाँको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।