सिन्धुली: सुनकोशी मरिण बहुदेश्यीय आयोजनाका प्रमुख मित्र बरालले आयोजनालाई तोकिएकै मितिमा सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएकाछन् । मंगलवार साँझ जनप्रियसँगको कुराकानीका क्रममा उनले आयोजनालाई गुणस्तरिय बनाउन आफ्नो तर्फबाट गरिने भूमिकामा कुनै पनि कमि नआउने बताए । उनले भनेः आयोजनाका विषयमा मिडियामा आएको जस्तो कुनै पनि गुणस्तरहिन काम नभएको र आगामी दिनमा पनि त्यस्ता गलत काम हुन नदिने अठोट व्यक्त गरे । तत्कालिन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वका साथ उद्घाटन गरेको उक्त आयोजनालाई हामीले गुणस्तरीय बनाउन आफुहरु निरन्तर खटिइरहेको बरालको भनाई थियो :
हामीले अपेक्षा गरेभन्दा बढी सुरुङ खन्नेकाम भइरहेको छ, र प्रयोग गरिएका निर्माण सामाग्रीहरुपनि गुणस्तरीयछन् । त्यसैले हामीले हाम्रो देशको गौरवको आयोजनालाई तोकिएकै समयसिमाभित्र सम्पन्न गर्नेगरी काम अगाडि बढाएका छौं, बरालले भनेकाछन् । उनी अगाडि भन्छन् ‘आयोजनामा भइरहेको कामको हामीले दैनिक रुपमा प्रगति बिबरण लिइरहेका छौं र त्यहाँको कामको गुणस्तरियताका विषयमा निरन्तर हेरिरहेका छौं, त्यसैले पनि हामी त्यहाँ कुनै प्रश्न उठ्न दिने छैनौं र यदी कहिंकतै कमजोरी भए तत्कालै करेक्सन गराउने छौं ।’ (थप समाचार सन्देश जनप्रियमा)