कृषक जागृती सहकारीको अध्यक्षमा पुनः केशव मुडभरी

हेटौंडा | श्री कृषक जागृती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः केशव मुडभरी सर्बसम्मत चयन भएका छन् ।

हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडा कार्यालयमा भएको संस्थाको २१ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट मुडभरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा मन्जु लामा, सचिवमा सुरेश कुमार स्याङ्गबो, कोषाध्यक्षमा कबिता मैनाली तथा कार्यसमिति सदस्यहरुमा चुडामणी तिमल्सिना, नारायण सापकोटा, कमला खतिवडा, मेघनाथ ढुङ्गाना र दिल बहादुर रूम्बा चयन भएका छन् ।
त्यसैगरी लेखा समितिको संयोजकमा बगान सि थिङ्ग तथा सदस्यहरुमा अर्जुन प्रसाद गौतम र किशोर मैनालीलाई चयन गरिएको छ । मकवानपुर जिल्ला बहुउदेश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपानेको प्रमुख आतिथ्यता रहेको साधारणसभा कार्यक्रममा
हेटौंडा-१३ का वडा अध्यक्ष पेम्बा लामा, राष्ट्रिय सहकारी बैंक लिमिटेड हेटौंडाका प्रमुख रामेश्वर अर्यालको विशिष्ट आतिथ्यता तथा सल्लाहाकार राजन मैनाली, राजेन्द्र मैनाली, रविन्द्र थापा, प्रहरी चौकी पदमपोखरीका प्रमुख गमन तामाङ्ग लगायतकाको आतिथ्यता रहेको थियो ।

साधारणसभामा अध्यक्ष मुडभरीले अध्यक्षको प्रतिवेदन, लेखासमिति संयोजक थिङ्गले लेखा प्रतिवेदन र व्यवस्थापक सूर्य बहादुर मोक्तानले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको कारोबार १ करोड ४ लाख रहेको अध्यक्ष मुडभरीले बताए ।

साधारणसभाबाट संस्थाले सबै भन्दा बढी दुध बेच्ने सुकुमाया थोकर, गुणस्तरीय दुध बेच्ने रेशम विश्वकर्मा, नियमित बचत गर्ने बचतकर्ता मध्येबाट अन्जन खतिवडा र असल ऋणि मध्येबाट देवकी ढुङ्गानालाई सम्मानित गरेको थियो ।