विद्यालयमा कार्यरत प्रधानाध्यापक तथा शैक्षिक नेतृत्वलाई समावेशी तथा समता सम्बन्धी कार्यशाला

धुलिखेल/नेपालका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक तथा शैक्षिक नेतृत्वलाई समावेशी तथा समता सम्बन्धी तालिम दिने प्रयोजनले सञ्चालन गर्न लागिएको २७ महिने परियोजनामा आधारित कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यशालामा नेपालभरीबाट ३५ जना प्रधानाध्यापकहरुलाई ६ महिनासम्म विद्यालय तथा समुदायमा समावेशी तथा समता सम्बन्धी तालिमको लागि पाठ्यक्रम निर्माण, सहभागी छनौट तथा कार्यक्रम सञ्चालन रणनीति सम्बन्धी विषयवस्तुमाथि छलफल भएको आयोजकले बताएका छन् ।
यो कार्यक्रम काठमाण्डौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिंगको डिजिटल लर्निगं ल्यावको आयोजना र बेलायतको खुला विश्वविद्यालयको सहकार्यमा भएको हो । कार्यशालामा अनुसन्धानका उपकरणहरुको विकास, अनुसन्धानमूलक गतिविधि मार्फत विद्यालय तथा समुदायमा समावेशीता र समता विकासका विभिन्न उपायहरुको समेत चर्चा गरिएको थियो । Co-PI of NIC hub project and incharge of Digital Learning Research Lab शिक्षाबिद डा.शुशिल श्रेष्ठले यस परियोजना सञ्चालन गरिनुको उद्देश्य तथा यसले सञ्चालन गर्ने गतिविधिको बारेमा प्रकाश पार्नु भयो ।
ओपन युनिभसिंटी लण्डनकी प्राध्यापक डा. डेबोरा कुपरले समग्र कार्यक्रम रणनीतिको बारेमा र डा. सरस्वती दवाडीले परियोजना सञ्चालनको लागि आवश्यक पाठ्यक्रमको बारेमा सहजीकरण गरेकी थिइन । ल्क्ष्ऋ हवका सदस्यहरुको सहभागिता रहेको उक्त कार्यशाला पश्चात कमलामाई नगरपालिकाबाट २१ जना र नेपालका अन्य पालिकाहरुबाट १४ जना गरी कुल ३५ जना प्रधानाध्यापकहरुलाई यही पौष महिनादेखी ६ महिनासम्म अनुसन्धानमा आधारित सघन तालिम सञ्चालन गरिने कुरा कमलामाई नगरपालिकाका शिक्षा सहजकर्ता डा.हरिप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
पाठ्यक्रमलाई अन्तिम रुप दिन काठमाडौंं विश्वविद्यालयका प्राध्यापकद्धय डा. लक्ष्मण ज्ञावली र डा. लिना गुरुङले काम गरिरहनु भएको छ । काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले कार्यक्रमको सफलताको शुभकामना दिदै यो कार्यक्रमबाट विद्यालय र समुदायमा समावेशीता सम्बन्धी गतिविधिहरुले समग्र शैक्षिक प्रणालीमा समेत रुपान्तरणकारी भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नुभयो ।