सिन्धुलीको प्रदेश सभा (ख) मा श्रेष्ठ विजयी

प्रदेश सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं. २(ख) मा नेकपा (माओवादी केन्द्र)का गंगानारायण श्रेष्ठ विजयी हुनु भएको छ । मंसिर ४ मा भएको निर्वाचनको मतगणना सोमवारबाट मतगणना सुरु भएको थियो ।
श्रेष्ठले १३ हजार १ मत सहित विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामकुमार पौडेलले ९ हजार ७ सय ८९ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठले ३ हजार २ सय १२ मतले एमालेका पौडेललाई जित्नु भएको हो । यस प्रदेशमा ४४ हजार ७ सय १० मतदाता रहेकोमा २४ हजार ५ सय ५४ मत खसेको थियो ।