प्रतिनिधीसभा सदस्य सिन्धुली क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका उमेदवार राजन दाहाल विजयी हुनुभएको छ । एमालेका तर्फबाट उमेदवार बन्नुभएका मनोजजंग थापालाई ५ हजार १ सय ३० मतले पछाडिपार्दै दाहाल विजयी बन्नुभएको हो । दाहालले २७ हजार ५१७ र उहाँको निकटतम् प्रतिद्धन्दी थापाले २१ हजार ६ सय ८७ मत प्राप्त गर्नुभएको थियो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३, राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत ल्याएका छन्। स्मरणीय छ, दाहाल एमाओवादी केन्द्रबाट विजयी हुने देशभरकै पहिलो व्यक्ति हुन् ।