जिल्लाको मरिण गाउँपालिकामा चन्दा आतंक बढेको कर्मचारीहरुले बताएका छन । मरिण गाउँपालिकाबाट मात्र माओवादी केन्द्रका उमेदवारहरुको नाममा १४ लाख ८२ हजार रुपैया चन्दा उठाएको एक कर्मचारीले बताएका छन् ।
माओवादी केन्द्रका तर्फबाट मंसिर चार गतेको निर्वाचनमा उमेदवार बनेका पोलिटव्यूरो सदस्यलाई निर्वाचन खर्चको नाममा ती रकमहरु संकलन गरेर बुझाएको ती कर्मचारीले बताए । कर्मचारीहरुलाई कति पय उमेदवारहरुले र कतिपय माओवादी निकट कर्मचारी र उमेदवारहरुको विश्वास पात्र मार्फत उठाएको ती कर्मचारीले खुलासा गरे ।
कतिपय कर्मचारीलाई उमेदवार आफैले फोन गरेर मागेको र कतिपयलाई विश्वास पात्रहरुले धम्क्याएर मागको ती कर्मचारीको भनाई छ । श्रोतका अनुसार जिल्लाको मरिण,घ्याङलेख, सुनकोशि , हरीहरपुरगढी र कमलामाई नगरपालिकाका कर्मचारीहरुसँग रकम संकलन गरेका हुन ।
एक कर्मचारीबराबर कार्यालय र कर्मचारीहरु हेरेर १०हजार देखि एक लाख रुपैयासम्म चन्दा संकलन गरेको ती कर्मचारीले बताए ।