समाजसेवी निलिमा गुरुङले जिल्ला कारागार सिन्धुलीका महिला कैदीबन्दीका लागि आवश्यक सामग्री सहयोग गरेकी छिन ।
बुधबार विहान महिला अभियन्ताहरुको साथमा कारागार पुगेर उनले छोरा आरोग्य लामिछाने गुरुङको पाँचौ जन्मोत्सवको अवसरमा कारागारका महिला कैदीबन्दीलाई लत्ताकपडा, टेलिभिजन र पानी तताउने जग हस्तान्तरण गरेकी हुन । व्यक्तिगत लगानीमा गुरुङले साडी ८ पिस, कुर्ता सुरुवाल ७२ पिस, २ वटा कलर टिभि र १३ वटा इलेक्ट्रिक जग हस्तान्तरण गरेकी हुन । उनले कारागारभित्र रहेका आश्रित बालबालिकालाई पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन ।
आउँदो निर्वाचनमा पहिलो पटक मतदान प्रक्रियामा भाग लिन लागेका महिलाहरुलाई निर्वाचन परिणाम वारे थाहा पाउनका लागि उनीहरुलाई सो टेलिभिजन हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा अधिकारकर्मी रमा कार्की लगायतका महिलाहरु हुनुहुन्थ्यो ।











