फिक्कलमा निरन्तर गठबन्धनलाई धक्का : ओख्रेनीमा रित्तियो माओवादी

सिन्धुली: फिक्कल गाउँपालिका वडा नंं १ ओख्रेनीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता कार्यकर्ताहरू सबै एमालेमा प्रवेश गरेका छन् । बुधबार पाटी परित्याग गरि उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।


माओवादी केन्द्रको भातृ सङ्गठन वाइसिएलका नेता राजेश सुनुवार र खेलमान सुनुवारको नेतृत्वत्मा ७५ जना एमालेमा प्रवेश गरेका छन् । उहाँहरुलाई नेकपाको निरन्तरता स्वरूप नेकपा एमालेमा समाहित हुनु भएको एमाले फिक्कल इन्चार्ज खड्ग रजन धिरले जानकारी दिनुभयो । पाटी प्रवेश गर्नेहरूलाई नेकपा एमाले बागमती प्रदेश सदस्य धनबहादुर कार्कीले प्रवेश गराउनु भएको थियो । अब ओख्रेनीमा माओवादी शून्यमा पुगेको उहाँको भनाई रहेको छ । माओवादीप्रति वितृष्ण भएकाहरू एमालेमा समाहित हुँदै आएको उहाँले जानकारी दिनुभयो ।


माओवादीले आफ्नो स्वार्थका लागि जनतालाई धोका दिएको भन्दै आफूहरूले माओवादी परित्याग गरेको बताएका छन् । माओवादी विचार सिद्धान्तबाट च्युत भएको, जनतामाझमा जाने एजेन्डा नै नभएको पार्टी बनेकाले आफूहरूले पाटी परित्याग गरेको उनीहरुले बताए । स्थानीय स्तरको विकास देखी राष्ट्रको हितमा एमाले उभिएकाले अव एमालेलाई बलियो शक्ति बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।


पाटी प्रवेश गराउँदै प्रदेश सदस्य कार्कीले गाउँको विकासका लागि नेकपा एमालेमा आबद्ध हुन उहाँले आग्रह गर्नुभयो । सुखी नेपाली समृद्ध नेपाल निर्माणको महान् अभियानको सारथि बन्न आग्रह गर्दै जनताको लोकप्रिय र राष्ट्र निर्माणमा होमिएको नेकपा एमालेमा देश प्रेमी व्यक्ति विना सर्त एमालेको मार्गमा आउन थालेको बताउनुभयो ।
फिक्कल गाउँपालिकामा नेकपा एमालेमा प्रवेश गर्नेको लहर बढेको छ । सत्ता गठबन्धन दलका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गर्नेको लहर बढ्दै गएको छ ।