महेन्द्रनगर/कञ्चनपुरमा नेकपा एमालेका उम्मेवारहरुलाईद स्थानीय किसानले साथ दिएका छन् । भीमदत्त नगरपालिका १६ स्थित एक कार्यक्रममा स्थानीय किसानले एमाले उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । उनिहरुले प्रतिनिधि सभा सदस्यमा निरु पाल र प्रदेश सभा सदस्यमा सुरेन्द्र विष्टलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । स्थानीय किसान ईश्वरी जोशीले आफुले किसानको मुद्धामा सहयोग गर्ने पार्टीलाई साथ दिने बताईन् । एमाले नेतृत्वको सरकारले किसानको पक्षमा काम गरेको स्मरण गदैँ उनले अगामी दिनमा पनि साना किसानलाई व्यवसायिक बनाउन कार्यक्रम ल्याउनु पर्ने अपेक्षा राखिन् । त्यस्तै स्थानीय किसान अनिता पन्त भट्टले पनि एमाले उम्मेदवारलाई साथ दिने बताईन् । उनले नगर प्रमुख सुरेन्द्र विष्ट नेतृत्वको भीमदत्त सरकारले सुरुवाती चरणमा जस्तै छाडा चौपाया व्यवस्थापनलाई निरन्तता दिनुपर्ने बताईन् । साथै उनले किसानका मुद्धामा पार्टीले काम गरिरहेकाले आफुहरुले सहयोग गर्ने पनि बताईन् । हुनैनाथ कृषि समुहकी सदस्य समेत रहेकी पन्तले उम्मेदवारलाई किसानका समस्या समाधानका लागि पहलसँगै क्षमता विकासमुलक तामिलका लागि पनि पहल गरि दिन आग्रह गरिन् । नेकपा एमालेले प्रतिनिधि सभामा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा निरुदेवि पाल र प्रदेश सभा सदस्य (३ ख) मा सुरेन्द्र विष्टलाई उम्मेदवार बनाएको छ ।