एमालेका तर्फबाट प्रतिनिधीसभा सदस्य उमेदवार बनेका इन्जिनियर मनोजजंग थापाले यस अगाडि तयार पारिएको ऐतिहाँसिक हरिहरपुरगढी दरवारको पुर्ननिर्माणका लागि काम थाल्ने बताएका छन् । उनले प्रदेशखबरसँग कुराकानीगर्दै आफ्नै समन्वयमा तयार भएको भनिएको डिपिआरको दृश्य देखाउँदै थापाले आफ्नो विजयपछि त्यस क्षेत्रलाई पाँच प को अबधारणा मार्फत विकास र सम्वृद्धिको मार्गमा अगाडि बढाउने बताए । पानी, पर्यटन, पूर्वाधार, पैसा र परिवारको योजना मार्फत यस क्षेत्रमा विकासका कार्यक्रम अगाडि बढाउने खुलासा गरे ।










