हलो जोत्दै राप्रपा उमेदवार बस्नेत !

निर्वाचनमा गाउँ गाउँमा उमेदवार पुग्दा मतदाताहरु घरमा नभेटिएपछि उमेदवारहरु मेलापातमैं पुग्न थालेको देखिएको छ । लामो समय पत्रकारिता गरेर पार्टी राजनीतिमा आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य २ कका उमेदवार बनेका राजेश बस्नेत मतदातासँगै हलो जोतिरहेको फोटो अहिले वाहिर आएको छ ।
विगतमा आफुले सहयोग गरेका व्यक्तिहरुलाई भेटघाटमा व्यस्त छन् । गाउँ गाउँमा जाने क्रममा ठूला दलका उमेदवारलाई मतदाताले गाली गरिरहेको र आक्रोस पोख्ने गरेको अहिले राप्रपाले लिएको विचार र सिद्धान्तबाट प्रभावित बन्ने थालेको बताए । उनले अगाडि भने: अब पहिला राप्रपामा लाग्का मानिसहरु अहिले राप्रपामा संगठित हुन थालेकाछन् । उनले कमलामाई ८ बेसारेमा हलो जोतेका थिए ।