आउँदो मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदशेसभा सदस्य निर्वाचनका लागि सिन्धुली क्षेत्र नम्बर १ का उमेदवारहरु मध्ये एमालेका प्रदीप कटुवाल निकै बलिया उमेदवार मानिएका छन् ।
सिन्धुलीको गोलन्जोर, तीनपाटन, फिक्कल र दुधौली नगरपालिका भित्र नेपाली कांग्रेसका उमेदवार श्याम घिमिरे भन्दा कटुवाल जनतका बीचमा जनप्रिय मात्रै छैनन्, विकासप्रेमीका रुपमा चिनिएकाले पनि कटुवाल यस क्षेत्रमा निकै बलिया मानिन्छन् । गएको स्थानीय निर्वाचनमा दुधौली र तीनपाटन गाउँपालिकामा नेपाली कांग्रेसले विजय हाँसिल गरेपनि संघ तथा प्रदेश निर्वाचनमा कहिल्यै यस क्षेत्रको विकास र सम्वृद्धिका लागि काम नगरेका श्याम घिमिरे भन्दा कटुवालनैं जनप्रिय उमेदवार भएको दुधौली नगरपालिका वडा नं. १ गिज्यानीका रामनरेश दनुवारले बताए ।
हामीले श्याम घिमिरे भन्ने मान्छे चिन्दैनौं, किनकी यस क्षेत्रको विकासका लागि काम गर्ने कटुवाल मात्रै हुन् । उनले अगाडि भनेः भिमानका सहिद ऋषिराज देवकोटाको छोरा सुवास पनि यहाँ उमेदवार हुनुभएको छ, हामीहरु उहाँहरुको पक्षमा मतदान गर्नेछौं ।
दनुवार मात्रै होइन, तीनपाटन गाउँपालिका वडा नं. ३ का चन्द्रवाहादुर तामाङ पनि कटुवालकै पक्षमा उभिएका छन् । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका वडाध्यक्षका पक्षम मत खसालेका उनले यस क्षेत्रको विकासका लागि प्रदीप कटुावलले जित्न जरुरी भएको बताए ।
सिन्धुली चकमकेको बाटो बनाउने क्रममा बन कार्यालयले अबरोध गर्दा रातारात रुख कटान गरेर बाटो बनाउने कार्यमा सहयोग पु¥याउने कटुवाल र बिनोद खड्कालाई बन मुद्धा लगाउन सिडिओ र बन कार्यालयका तत्कालिन प्रमुख थीरवहादुर कार्कीलाई दबाब दिने श्याम घिमिरेलाई आफ्नो अमुल्य मत दिन नसकिने तीनपाटन गाउँपालिका वडा नं. ५ का कुलवहादुर मगरले बताए । उनीमात्रै होइन वडा नं. ११ का स्थानीय युवा पासाङ लामा बाटो, विद्यालय, अस्पताल जस्ता जनताको काम गराउन लागिरहने नेताहरुलाई मुद्धा लगाउने, जेलमा फसाउने जस्ता काम गर्नेहरुलाई जनताले निर्वाचन मार्फत सजाय दिने बताए ।
गएको स्थानीय निर्वाचनमा दुधौली नगरपालिका २ भलुवाही पुग्नुभएको कांग्रेस नेता घिमिरेलाई नेपाली कांग्रेसकै स्थानीइ कार्यकर्ताहरुले कालोमोसो दलेर दुधले पखालीदिएका थिए । सो प्रकरणबाट निकै क्रुद्ध बनेका नेता घिमिरेले कालोमोसे आफ्नै पार्टीका जिल्ला नेताहरुको निर्देशनमा लगाइएको टिप्पणी गरेका थिए ।
नेपाली कांग्रेसको केन्द्रले पार्टी सभापति शेरवहादुर देउवाका विश्वास पात्र मानिएका घिमिरेलाई टिकट दिने पक्का भएपछि सिन्धुलीका कांग्रेसका लोकप्रिय नेताहरु उज्वल बराल, मोहन बराललगायतले जनतासँग प्रत्यक्ष नजोडिएका र कुनै प्रभाव नरहेका घिमिरेलाई उमेदवार नबनाउन भन्दै देउवालाई बुझाएको पत्र सार्वजनिक भएको थियो ।
निर्वाचनमा निकै ठूलो धनराशी बोकेर आएका घिमिरेले निर्वाचन आचारसंहिता बिपरित ५० जना भन्दा बढी कार्यकर्ताहरु बोकेर हिंडिरहेकाछन् । सत्ताको रापतापमा हिंडिरहेका घिमिरेले बिहान बेलुकै एक एक वटा खसी काट्न लगाइरहेको दुधौली ८ का स्थानीय वासिन्दा चन्देश्वर साहले बताए । उनले भनेः कांग्रेसको उमेदवारले बोलाएको ठाउँमा जाँदा मासु भात खान पाइन्छ, एमालेको कार्यक्रममा जाँदा दालमोठ र चिउरा मात्रै हुन्छ ।
स्मरणीय छः निर्वाचन आयोगले उमेदवारको प्रचार टोलीमा बढीमा २५ जना भन्दा कार्यकर्ता लिएर हिंड्न नपाईने भनेको छ, तर यसलाई सिन्धुलीमा गठबन्धन दलका उमेदवारहरुले बर्खिलाब गरिरहेका छन् ।
-यो समाचार सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।











