काठमाडौ/एमाले सम्बद्ध राष्ट्रिय अपांगता संगठन नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनले सिन्धुलीका विकास श्रेष्ठलाई उपाध्यक्ष चयन गरेको छ । अधिवेशन राजु रेग्मीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको थियो । सिन्धुलीका श्रेष्ठ सुनकोशी निवासी हुन् ।
उपाध्यक्षमा उषा श्रेष्ठ र सचिवमा ताकुर राम थापा, सह–सचिवमा लक्ष्य बहादुर अस्लामी मगर र बिना गोले, कोषाध्यक्षमा दावा फुर्बा तामाङ चयन हुनु भएको छ । सदस्यमा सुबिना गुरुङ, डिल्लिरमण सिग्देल, रति थापा, इन्द्र बहादुर पुरी, देवी बसेल, सिता रिजाल, दुर्गा बहादुर भुजेल, शोबिता कुमारी गुरुङ, यज्ञ प्रसाद दुलाल, प्रेम तामाङ, प्रलाद थापा, तोथानार्थ गौतम, विष्णु माया दनुवार र रबी थापा निर्वाचित भएको केन्द्रीय सदस्य धनजंग थापाले जानकारी दिए ।











