गाउँपालिकाले बितरणमा अबरोध गरेपछि हरिहरपुरगढीका सुकुम्वासीले पाएनन् लालपुर्जा !

भूमि आयोग सिन्धुलीले केही समय अगाडि भुमिहिन दलित र भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण गर्न आयोजना गरिएको कार्यक्रम गाउँपालिकाको अबरोधका कारणले स्थानीयको लालपुर्जा पाउने चाहनामा ठेस लागेको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीले गएको भदौ १८ गते शनिवार बिहान ८ बजे गाउँपालिकाको कार्यालय झनझनेमा ४० जना भूमिहिन दलित र भूमिहिन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा बितरणको कार्यक्रम आयोजना गरेको थियो । तर आयोगका सिन्धुली अध्यक्ष रामकुमार पौडेल एमाओवादी केन्द्र परित्यागगरी नेकपा एमालेमा प्रवेश गरेपछि सोही कारण देखाउँदै पालिका अध्यक्ष बज्रध्वज वाइवाले सुकुम्वासीहरुलाई लालपुर्जा बितरण गर्ने कार्यक्रम तत्कालै रोक्नुपरो, एमाले प्रवेश गर्न लागेका व्यक्तिको हातबाट लाजपुर्जा वितरण गर्न दिन्नौं भनेपछि फिल्डमा लालजुर्जा बितरणको तयारीमा लाग्नुभएका आयोगका सदस्य सचिव एवम् नापी कार्यालय प्रमुख सरोज श्रेष्ठ निराश भएर फर्किनु भएको थियो ।
सन्देश जनप्रिय साप्ताहिकलाई प्राप्त बिबरण अनुसार हाम्रो पार्टीले उहाँलाई अध्यक्ष बनायो, अहिले उहाँ (रामकुमार पौडेल) एमालेमा प्रवेश गरेपछि पुर्जा बितरणको सन्देश राम्रो जाँदैन, एमालेलाई फाइदा पुग्छ, त्यसैले लालपुर्जा दिने काम तत्कालै रोक्नु पर्छ, अध्यक्षको भनाई उदृतगर्दै आयोगका एक जिल्ला सदस्यले भने । यस सम्बन्धमा गाउँपालिका अध्यक्ष वाइवासँग ९८५४०४१३९८ मा पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन । उहाँलाई फोन डायल गर्दा सम्पर्क हुन सकेन भनिरहेको थियो । यसैबीच गाउँपालिकाका सूचना अधिकारी मिलन श्रेष्ठले आयोगका अध्यक्ष माओवादी केन्द्र परित्यागगरी एमालेमा प्रवेश गरेकै कारण लाजलुर्जा बितरण गर्ने काम रोकिएको आफुले सुनेको बताउनुभयो । यो कुरा अध्यक्षज्यूलाई थाहाछ, उहाँलाईनैं सोध्नु होला, श्रेष्ठले सन्देश जनप्रियसँग भन्नुभयो । प्रमुख प्रशासकिय अधिकृत नवीन गङतान लामाले राजनैतिक उदेश्यका कारणले यो लालपुर्जा वितरण गरिएको कार्यक्रम रोकिएको र यसले आम जनमानसमा राम्रो सन्देश नदिएको बताउनु भयो । यो हाम्रो तहबाट होइन, राजनैतिक तहबाटै रोकिएको हो, उहाँले अगाडि भन्नुभयो ।
भूमि आयोग सिन्धुलीका सदस्य सचिव एवम् नापी कार्यालयका प्रमुख सरोज श्रेष्ठले आयोगका अध्यक्ष पौडेल माओवादी केन्द्र परित्यागगरी एमालेमा प्रवेश गरेकै कारण हरिहरपुरगढी गाउँपालिकामा राखिएको लाजलुर्जा वितरको कार्यक्रम रोकिएको बताउनुभयो । उहाँले एमाले प्रवेश गरेको व्यक्तिबाट हाम्रो गाउँपालिकामा लालपुर्जा बितरण गर्नु हुँदैन, यो रोक्नुस् भनेर राजनैतिक नेतृत्वबाट दबाब दिइयो । लालपुर्जा बितरणको सबै काम पुरा भएको थियो, प्रमुख अतिथी भूमि तथा सहकारी मन्त्री शशी श्रेष्ठ र आयोगका केन्द्रीय अध्यक्ष आउने तयारीमा हुनुहुन्थ्यो, अध्यक्षज्यूलेनैं त्यसो भनेपछि सो काम गर्न सकिएन । भूमिहिन दलित र भूमिहिन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने काम राजनैतिक कारणले रोक्नु हुँदैन भनें तर उहाँहरुले त्यसलाई मान्नुभएन, सदस्यसचिव श्रेष्ठले सन्देश जनप्रियसँग भन्नुभयो । लालपुर्जा तयार भइसकेको थियो, यो सुकुम्वासीहरुलाई वितरण गर्नुपर्दथ्यो, रोकियो, गलत भयो, उहाँको भनाई थियो ।
आयोगको केन्द्र र मन्त्रीबाट किन पुर्जा बितरण गर्ने कार्यक्रम राख्नु भएन भनेर सोधेपछि आफुहरुले जवाफ दिन नसक्ने अबस्थामा पुगेकोसमेत उहाँले दुखेसो पोख्नुभयो । आयोगका अध्यक्ष रामकुमार पौडेलले लालपुर्जा वितरण गर्ने कार्यक्रममा पालिका अध्यक्षबाट अबरोध गरिएको र जनतालाई पुर्जा वितरण गर्न नसकिएको बताउनुभयो । यो समाचार सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ छापेको छ ।

No description available.