जनकलाकार रामेश भन्नुहुन्छ: राष्ट्रपतिले नेपालको इतिहासमा उच्च गुन लगाउनुभयो

बरिष्ठ जनकलाकार रामेशले मुलुकबिरोधी नागरिकता बिद्येयक रोकेर राष्ट्रपति बिद्यादेवी भण्डारीले ठूलो गुन लगाउनु भएको बताउनु भएको छ । सामाजिक सञ्जालमा आज आफ्नो धारणा राख्दै बरिष्ठ कलाकार रामेशले यस्तो बताउनु भएको हो ।

उहाँले राष्ट्रघातीहरुसँग निर्भीकताका साथ सामना गरि वीर नेपाली छोरीको परिचय सन्सारलाई दिनुहोला भन्दै राष्ट्रपति भण्डारीको उच्च प्रसंशासमेत गर्नुभएको छ ।

‘राष्ट्रपति नेपाली माटोमा, नेपाली आमाको कोखमा जन्मेकी सुपुत्री पायौं । नेपालको इतिहासमा उच्च गुन लगाउनु भयो । धन्यवाद,’ रामेशले लेख्नुभएको छ, ‘राष्ट्रघातीहरुसँग निर्भीकताका साथ सामना गरी वीर नेपालि छोरीको परिचय सन्सारलाइ दिनुहोला । सन्सारभर रहेका नेपालीहरुको साथ तपाइलाइ छ । कत्ति पनि बिचलित नहुनुहोला । नेपालको इतिहासले एक अवसर दिएको छ । बिस्वो ब्यबस्था पनि परिवर्तनको मोडमा छ ।’

रामेशको बिचार
राष्ट्रपति नेपाली माटोमा ,नेपाली आमाको कोखमा जन्मेकी सुपुत्री पायौं । नेपालको इतिहासमा उच्च गुन लगाउनुभयो । धन्यवाद । राष्ट्रघातीहरुसँग निर्भीकताका साथ सामना गरि वीर नेपाली छोरीको परिचय सन्सारलाइ दिनुहोला । सन्सारभर रहेका नेपालीहरुको साथ तपाइलाइ छ । कत्ति पनि बिचलित नहुनुहोला । नेपालको इतिहासले एक अवसर दिएको छ । बिस्वो ब्यबस्था पनि परिवर्तनको मोडमा छ ।